पोखरा महानगरपालिकामा होमस्टे सञ्चालन समिति गठन

पोखरा महानगरपालिकाले होमस्टे सञ्चालन समिति गठन गरेको छ । महानगरपालिका कार्यालयले वडा नं. २१ का अध्यक्ष खगराज आचार्यको संयोजकत्वमा पोखरा महानगरपालिका होमस्टे सञ्चालन समिति गठन गरेको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जारी गरेको होमस्टे सञ्चालन कार्यविधि २०७५ अनुसार समिति गठन गरिएको हो ।

पोखरा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने होमस्टेको दर्ता, मापदण्ड अनुसार रहे नरहेको अनुगमन, निरीक्षण लगायतका काम यही समितिले गर्नेछ । समितिमा होमस्टे सञ्चालन हुने वडाका अध्यक्ष, स्वास्थ्य महाशाखा, कृषि महाशाखा, वातावारण शाखा प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ भने प्रशासन महाशाखा प्रमुखले समन्वय गर्ने बताइएको छ ।

समितिका संयोजक खगराज आचार्यका अनुसार समितिले काम शुरु गरिसकेको छ भने ६ वटा होमस्टेको दर्ता प्रक्रिया अगाडि बढेको छ ।

Facebook Comments