कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई उज्वल सहकारीको सहयोग

उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले पोखरा २७ सयलापाखामा रहेको कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं स्थापना दिवसको अबसर पारेर आईतबार एक कार्यक्रमको आयोजना गरी कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई भान्साका सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष योगराज पौडेल र प्रमुख अतिथी अग्रज पत्रकार नारायण कार्कीले कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम र सचिब तिलकशाली अधिकारीलाई भान्साका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं अग्रज पत्रकार कार्कीले बृद्ध बुबा आमा बृद्धाश्रम जानुपर्ने दिनको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका सचिब तिलकशाली अधिकारीले २०३९ सालमा स्थापना भएर पनि ओझेलमा परेको यस आश्रमलाई सहयोग गरेकोमा सहकारीलाई धन्यवाद दिनुभयो ।

सहकारी संस्थाका अध्यक्ष योगराज पौडेलले सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामजिक क्षेत्रमा केही गर्नुपर्छ भनेर बृद्धाश्रम रोजेको उल्लेख गर्नुभयो । कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रममा अहिले ६ जना महिला र २ जना पुरुष गरि ८ जना जेष्ठ नागरिकले आश्रय लिईरहेको आश्रमले जनाएको छ ।

Facebook Comments