डा.केसीका माग चिकित्सा शिक्षा विधेयकमा समेटिएको छ : सांसद अधिकारी
नेकपाका सांसद एव पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनसनरत डा.गोविन्द केसीका माग शतप्रतिशत मागहरु पूरा भएको दावी गर्नुभएको छ । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ ।’ नेता अधिकारीले भन्नुभयो । केसी अहिले अनशन बस्नुपर्ने कुनै कारण नै छैन ।
सम्बन्धन प्राप्त गरेका मेडिकल कलेज उपत्यका बाहिर जान चाहेमा जान दिने विषयमा केसी पनि सहमत भएको उहाँको भनाई छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेका नेकपाका सांसद कसैको पनि मेडिकल कलेजहरुमा लगानी नरहेको उहाँको भनाई छ । आगामि १० बर्षमा सबै मेडिकल कलेज गैरनाफामूलक बन्ने प्रावधान असाध्यै राम्रो रहेको मन्त्री अधिकारीको उल्लेख गर्नुभयो ।
Facebook Comments

