कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
कर्मचारी समायोजन अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विप्लव नेतृत्वको नेकपा निकट कर्मचारी सङ्गठनले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको हो । राष्ट्रिय कर्मचारी महासङ्घ नेपालका महासचिव अमरसिंह ओलीले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
प्रशासन समूह र लेखा समूहका कर्मचारीहरूले पनि सर्वोच्चमा अध्यादेश विरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका छन् । पुस १७ गते संसद्बाट ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ पारित भएपछि पक्ष र विपक्षमा बहस भइरको छ ।
Facebook Comments

