पोखरा थिएटर दोस्रो बर्षमा, फागुन १५ देखि अन्तराष्ट्रिय नाटक महोत्सव

पोखरा थिएटरले सञ्चालनमा आएको प्रथम वर्ष पुरा भई द्धितिय वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहिबार एक कार्यक्रमको आयोजना ग¥यो । गन्र्धव नाटकघरमा आयोजित कार्यक्रममा बोल्ने वक्त्ताहरुले पोखरामा नाटकघर सञ्चालनमा आएपछिको पहिलो वर्ष सुखद भएपनि यसको दिगोपनाको लागि सबैको सहयोग आवश्यक पर्नेमा जोड दिइएको छ ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकरप्रसाद कोइरालाले पोखराको रंगकर्मको लागि वडा तथा महानगरपालिकाबाट दीर्घकालिन योजना पार्ने प्रयास आफुले गर्ने बताउनुभयो । थिएटरको बारेमा बुझे त्यसपछाडी यसको विकासको लागि आफ्नो ठाउँबाट पहल र सहयोग गर्न तत्पर बनेको उहाँको भनाई छ ।

पोखरा थिएटरका क्रियटिभ डाइरेक्टर परिवर्तनले एक वर्षको अवधिमा थिएटरले उल्लेखनीय कार्य गरेपनि यसको दिगोपनाको लागि चुनौती रहेको धारणा राख्नुभयो । यसको लागि सबैतर्फबाट साथ र सहयोग मिल्नेमा आफु आशावादी रहेको उल्लेख गर्नुभयो ।

युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले पोखरेली नाट्य क्षेत्रलाई अगाडी बढाउन सबै हातेमालो गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । पोखरा थिएटर र युथ क्रियशन थिएटरको मिलेरै पोखराको नाट्य क्षेत्रमा अगाडी बढ्ने पोखरेलको भनाई थियो ।

वरिष्ठ कलाकार प्रकाश घिमिरेले पोखराको रंगमञ्चलाई चलायमान बनाउन पोखरा थिएटरले खेलेको भुमिकाको सह्राना गर्नुभयो । जिफानका संस्थापक अध्यक्ष समेत रहेका कलाकार माओत्से गुरुङले पोखरा थिएटरकै कारण १८ वर्षपछि पुनः रंगमञ्चमा फर्कन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
पोखरा थिएटरका प्रमुख संरक्षक शंकरनाथ कोइरालाको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा स्वागत थिएटरका संस्थापक दिल प्रसाद गुरुङले गर्नुभएको थियो ।

प्रथम वार्षिकोत्सवको अवसरमा थिएटरले वेभसाइट समेत शुभारम्भ गरिएको छ । सोही अवसरमा पोखरा थिएटरले विभिन्न समयमा आयोजनाको गरेको अभिनय कार्यशालामा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । पोखरा थिएटरको उद्घाटन २०७४ फागुन २ गते गरिएको थियो । एक वर्षको अवधिमा यहाँ विभिन्न २३ वटा नाटक मञ्चन भए । जसमध्ये पोखरा थिएटरको आफ्नै प्रस्तुतीका ५ नाटक थिए ।

अन्तराष्ट्रिय नाटक महोत्सव हुने

यसैबिच पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ आयोजना हुने भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटक महोत्सव फागुन २२ गतेसम्म चल्नेछ ।

महोत्सवमा मेसेडोनिया, भारत, श्रीलङ्काका र नेपालका गरी ८ वटा नाटक मञ्चन गरिनेछ । महोत्सवमा नाटक मञ्चनका अतिरिक्त साँस्कृतिक झाँकिहरु, फोटो प्रर्दशनी, दैनिक अन्र्तक्रिया लगायतका कार्यक्रम समेत गरिने महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।

उहाँले महोत्सवले नेपाली रंगमञ्चिय कला र संस्कृतिलाई जगेर्ना गर्दै साँस्कृतिक पर्यटनको माध्यमबाट संसारभर फैलाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा भारतको ब्लाक एण्ड ह््वाइट र इन ट्रान्जीट, श्रीलङ्काको लव एण्ड लाइफ, मेसेडोनियाको प्राइभेट कन्फेन्सन, नेपालका मेमोरी यार्ड, गैडा टाइम्स, निरमाया र घेरो नाटक मञ्चन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । महोत्सव सम्पन्न गर्न ६१ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

Facebook Comments