सरकारले खेलाडीहरुलाई नगद पुरस्कार दिने
सरकारले शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन महेश्वर महर्जनलाई नगद पुरस्कार दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीहरुलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारले महर्जन सहित नेपाली राष्ट्रिय क्रिकेट खेलाडी, फुटबल खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो । सरकारले महर्जनसहित क्रिकेट खेलाडीलाई जनही पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
यस्तै फुटबल खेलाडीलाई दुई लाख दिने निर्णय गरेको हो । सरकारले नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियमच्यालेन्जकर्पोरेशन (एमसिसी) बीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकपदमा सुवास सिटौला र नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ ।
बैठकका निर्णय
१. नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियमच्यालेन्जकर्पोरेशन (एमसिसी) बीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।
२. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकपदमा सुवास सिटौलालाई नियुक्त गरिएको छ ।
३. बजेट कार्यान्वयनमा देखिएका समाधान गर्ने निर्णय गरिएको छ ।
४. सेफगाड्र्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।
५. नागरिकता (मायादेवी थापा क्षेत्री) सदर÷बदर सम्बन्धमा पुनः निर्णय गर्न काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुमति दिइएको छ ।
६. अध्यागमननियमावली, २०५१ को अनुसूची ११ संशोधनगर्ने निर्णय गरिएको छ ।
७. लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।
८. क्रिकेट, साग फुटबल एवम् ध्द्यएँ ध्यचमि ऋजबmउष्यलकजष्उ मा सफलताप्राप्तगर्ने खेलाडी, प्रशिक्षकतथाअफिसियलहरूलाई पुरस्कार (जम्मा रु. १ करोड ५६ लाख) प्रदानगर्ने निर्णय गरिएको छ ।
९. राष्ट्रिय खेलकुदविकास विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदानगरिएको छ ।
१०. पाँचजना सहायकरथीलाई उपरथी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने तथा पाँचजना उपरथीलाई सरुवा गर्ने निर्णय गरिएको छ ।
११. प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।
१२. बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गरिएको छ ।
१३. नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशकश्री पुरुषोत्तम खनाललाई नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरिएको छ ।

