पोखराको सभागृहमा फेला परेको शंकास्पद बस्तु डिस्पोज गरियो

पोखराको सभागृहमा शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डस्पोज गरेको छ । सभागृहको ट्राफिक प्रहरी बस्ने पोष्टमा शंकास्पद बस्तु भेटिएको थियो । उक्त स्थानमा सुरक्षामा खटिएका एक प्रहरीका अनुसार सानो सुतली बम जस्तो बस्तु फेला परेको हो । उक्त स्थानमा सवारी साधन र पैदल यात्रुलाइ सुरक्षाका कारण जान दिइएकाे थिएन ।

ति प्रहरीका अनुसार विहान ४.३० बजेतिर केही युवा पृथ्वीचोकमा देखिएका र पछि सभागृहतिर लागेकाले उनीहरुले नै राखेको हुन सक्ने अनुमान रहेको छ । उक्त स्थानमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले घेरा हालेर शंकास्पद बस्तुलाई डिस्पोज गरिएकाे हाे।

तस्वीर सुदर्शन रञ्जित

Facebook Comments