बन्दूकबाट विप्लव र सत्ताको आडमा ओलीले देश लुटेको काँग्रेस नेता केसीको आरोप
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बन्दूकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा ओलीले देशमा लुट मच्चाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै नेता केसीले विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्द्वमा धकेलेको आरोप लगाउनुभयो ।
विप्लव नेतृत्वका पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाए पनि पार्टीमाथि नै प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक पक्रिया भएको टिप्पणी गर्नुभयो । नेकपा नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गरेको केसीले आरोप लगाउनुभयो ।
पूर्व मन्त्री समेत रहेका केसीले जनताको सुरक्षा र स्वतन्त्रता गर्ने दायित्व सरकारले पुरा गर्न नसकेको बताउनुभयो । कानुन अनुसार विप्लव समूहलाई कारबाही गर्र्नुपर्नेमा पार्टीमाथि प्रतिबन्ध लगाएर समस्या हुन नसक्ने जिकीर गर्नुभयो । उहाँले विप्लव समूहलाई सरकारले वार्ता र छलफलको माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताउनुभयो ।
नेता केसीले सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमति गर्नु नाटकीय भएको टिप्पणी गर्नुभयो । सम्झौताको विरोधमा पार्टी निकट नेपाल विद्यार्थी संघ आन्दोलित बनेको नेता केसकिो भनाई रहको थियो । सरकारले शान्तिसुरक्षा, महँंगी, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको जिकीर समेत केसीले गर्नुभयो । वाइडबडी लगायतका भ्रष्टाचारको छानविन गर्नुपर्ने र दोषी जो सुकै भएपनि कार्वाही हुनुपर्ने बताउनुभयो ।

