स्टेप अफ क्याम्पीयनको अभियानलाई पोखरा महानगरको साथ

पुर्व लागु पदार्थ दुव्र्यशनी तथा एच आई भी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा अभियान स्टेप अफ क्याम्पीयनमा पोखरा लेखनाथ महानगर पालिकाले सहकार्य गर्ने भएको छ । स्टेप अफ क्याम्पीयनका पदाधिकारीसँगको भेटघाटमा पोखरा महानगरपालिकाका मेयर मानवहादुर जीसीले पोखरेलीले गर्न लागेको अभियान भएकाले महानगरको पनि अभियान उल्लेख गर्नुभयो ।

मेयर जिसीले अभियानलाई पोखराकै अभियान भएको भन्दै आरोहणमा सहयोग पुग्ने गरी सकारात्मक सहयोग गर्ने बताउनुभयो । श्रेष्ठले आउँदो वैशाखको दोश्रो हप्ता संसारभरका लागु पदार्थ प्रयोगकर्ता र एच आई भी संक्रमितहरु र पोखरा महानगरपालिका को प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्ने बताइएको छ । काठमाण्डौको ड्रिम्स डिष्टिनेशन टेकिङ्ग कम्पनीको पथपर्दशनमा श्रेष्ठले सगरमाथा आरोहण गर्ने जानकारी दिइएको छ ।

कुनै वेलाका लागु पदार्थ दुवर््यसनी र एच आई भी संक्रमित श्रेष्ठ नामी पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत हुनुहुन्थ्यो । श्रेष्ठ सगरमाथा आरोहणको तयारीका अलवा लाखौ यूवाको प्रेरणाको श्रोत वन्दै लागुपदार्थको लतमा फसेका र फस्ने उमेरका यूवाहरुलाई आफ्नो कहानी भन्दै वाच्ने आधार सृजना गर्ने अभियानमा सरिक हुँदै आउनुभएको छ ।

अभियानलाई साथ दिदै पोखराकै श्याम शुक्ला फिल्म प्रोडक्सनले सगरमाथा आरोहणको विषयमा केन्द्रित भएर वृत्तचित्र पनि निर्माण गरिरहेको छ ।

Facebook Comments