नक्कल गरेर नयाँ प्रचण्ड बन्न नसकिने
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर नयाँ प्रचण्ड बन्न नसकिने बताउनुभएको छ । नेकपाको कार्यालय पेरिसडाँडामा आज भएको एक कार्यक्रममा प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हिजोका आफ्नै साथीहरूको नेतृत्वमा सरकार रहेको परिस्थितिलाई बुझ्न आग्रह गर्नुभयो ।
कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो, म पनि अब यसै गर्छु भन्दै हिडेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, प्रचण्ड बन्न पनि सजिलो छैन ।’ आफू पनि प्रचण्ड बन्छु भनेर नहिडेको स्पष्ट पार्न चाहन्छु । जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले आफूलाई प्रचण्ड बनाइदिएका हुन् ।
प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्ने भ्रम नपाल्न विप्लवलाई प्रचण्डको सुझाव थियो । हिजो सँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुटसमेत गरेको मलाई सूचना आएको छ ।’ प्रचण्डले भन्नुभयो । उक्त सुचना थाहा पाएपछि आफूलाई निर्णय गर्ने साथीहरुप्रति दया जागेको छ ।

उहाँले जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुनसक्नु नै क्रान्तिको उपलब्धि रहेको बताउनुभयो ।
प्रचण्डले दस वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पूरा गरेको उल्लेख गर्नुभयो । भट्टराईले पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत रूपमा नेपालको समस्या समाधान र विकास संवृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

