नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोखरा २६ र २९मा सपथ ग्रहण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पोखरा महानगरपालिका वडानं २६ र २९मा वडा कमिटी सदस्यहरुको सपथ ग्रहणसम्पन्न भएको छ ।

वडानं २६मा केन्द्रीय सदस्य एवं कास्की सह–इन्चार्ज सारदा सुवेदीले सपथ गराउनु भएको थियो भने वडानं २९मा केन्द्रीय सदस्य एवं नेकपाका कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले सपथ गराउनुभयो ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे इन्चार्ज करणले पार्टीको विचार तल्लो तह सम्म पुर्याउन टोलटोलमा पार्टी संगठन हुनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले गरेका काम पनि जनता माझ अझै नपुगेको भन्दै पार्टीको राम्रो काम जनता सम्म पु¥याउने तल्लो कमिटीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

अहिले परिवतन भएको ब्यवस्थाले नयाँ युगको सुरुवात भएको बताउदै जनप्रतिनिधिहरुले गरेको कामको आधारमा कम्युनिष्ट पार्टीको भविस्य हुने बताउनुभयो ।

जनप्रतिनिधि जनताको सेवक भएकोले सोही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले प्रदेश सरकार स्थापना भएर काम गरेको लामो सयम नभए पनि प्रदेश सरकारले जनताले देखिने गरि काम गर्न शुरु गरेको बताउनुभयो ।

विजयपुर खोलामा ३ वटा मोटरेबल प्रदेश सरकारले यसै बर्ष शुरु गरेको बताउदै प्रदेश सरकार जनताको घर आगनको सरकार भएको उहाँको भनाई थियो ।

आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं १ (१)मा प्रदेश सरकारको मात्रै ३२ भन्दा बढि योजना रहेको बताउनुभयो ।

सरकारले राम्रो कामको शुरुवात गरेकोले जनता माझ पग्दा शिर उचो बनाएर प्रस्तुत हुन आग्रह गर्नुभयो । कम्युनिष्टहरु उत्पादन संग जोडिनुपर्ने भन्दै कृषि उत्पादनमा लाग्न जोड दिनुभयो ।

वडानं २६का अध्यक्ष नारायण बराल र वडानं २९का वडाध्यक्ष चेत बहादुर गुरुङले पार्टी वडा कमिटी गठन संगै पार्टीको काम चुस्त गतिमा अगाडि बढ्ने विस्वास ब्यक्त गर्नुभयो ।

स्थानीय सरकारले गरेका काम पनि जनता माझ नपुगेको भन्दै अब वडा कमिटी सदस्यको सपथले पार्टीको योजना र स्थानीय सरकारको काम जनता माझ पुग्ने बताउनुभयो ।

वडानं २६को कार्यक्रम नेकपाका वडाध्यक्ष रामहरि ढुङगाना र वडानं २९का कार्यक्रम नेकपा वडाध्यक्ष तिलकुमारी थापाको अध्यक्षतामा भएको थियो ।

Facebook Comments