ज्ञानेन्द्र शाहीमाथि पत्रकार सम्मेलनमै हातपात
आफूलाई भष्ट्राचार विराेधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि हातपात भएकाे छ । नेपालका लागि नेपालीकाे कार्यालयमा पत्रकार सम्मेलन भइरहँदा शाहीमाथि हातपात भएकाे हाे ।
प्रश्नाेतरका क्रममा शाहीलाइ प्लेनमा हिड्ने खर्च कहाँबाट प्राप्त हुन्छ ? वास्तविक नाम ज्ञानबहादुर शाही भएपनि किन ज्ञानेन्द्र शाही भन्नुहुन्छ भन्ने लगायतका प्रश्न साेधिएकाे थियाे ।
पत्रकार सम्मेलन भन्दा पनि शाही निकट रहेका युट्युव च्यानल सञ्चालककाे बाक्लाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा विद्यार्थी हुँ भन्दै प्रश्न गरेका थिए ।
पत्रकार सम्मेलन अगावै शाहीकाे कार्यलयमा प्रहरी पुगेकाे थियाे । प्रहरी पक्राउ गर्न खाेजेकाे आशंकामा शाही र सहयाेगीहरूले प्रहरीलाइ पत्रकार सम्मेलनस्थलमा जान अवराेध गरेका थिए ।
प्रहरीले भने पत्रकार सम्मेलन स्थलमा सुरक्षाका लागि प्रहरी परिचालन गरेकाे तर अायाेजकले जान नदिएकाले शाहीमाथि हातपात हुन पुगेकाे जनाएकाे छ ।
प्रहरीले शाहीलाई सुरक्षा खतरा रहेकाले महानगरीय प्रहरी परिसर पुल्चाेकमा राखिएकाे जनाएकाे छ । शाही पक्षधरले भने नियाेजित रूपमा पक्राउ गर्न खाेजेकाे र बेपत्ता बनाएकाे भन्दै पत्रकार सम्मेलन गरेकाे थियाे ।
ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा शाहीले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरेपछि माहाेल विग्रेकाे थियाे ।
आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गरेको जनाएकाे छ । ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा राखिएको छ ।
अधिवक्ता सुरेन्द्र भण्डारीले शाहीलाइ प्रहरीले लगेपछिकाे पत्रकार सम्मेलनमा उपस्थित योगेश भट्टराईनिकट कार्यकर्ताको शाहीमाथि आक्रमण गरेको आरोप लगाउनुभयाे ।
शाही लगायतले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराईका कारण १ घण्टा प्लेन ढिला भएकाे भन्दै मन्त्रीसँग चर्काचर्की गरेका थिए ।
मन्त्री भट्टराईकाे सचिवालयले भने १५ मिनेट मात्र उडान ढिलाइ भएकाे भन्दै शाही लगायतले नियतजन्य रूपमा मन्त्रीलाई दुव्यर्वहार गरेकाे बताएकाे छ ।

