गैरआवासीय नेपाली संघको विश्व सम्मेलन शुरु

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन काठमाण्डौंमा शुरु भएको छ ।

सम्मेलनको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जन्मभूमिमा लगानी गर्न गैरआवसीय नेपालीहरुलाई आग्रह गर्नुभयो ।

नेपालमा लगानी गर्न अनुकूल वातावरण बनेको भन्दै उहाँले विदेशमा हाँसिल गरेका ज्ञान, सीप क्षमता र पूँजीलाई स्वदेशको विकासमा लगाउन अनुरोध गर्नुभयो ।

आन्तरिक र बाह्य लगानीका लागि नेपालमा यतिबेला अनुकूल वातावरण रहेको राष्टपतिको भनाई छ ।

विदेशिएका नेपालीहरूको हक(हितका लागि स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्रा्ष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

काठमाडौंको हायत होटलमा सुरु भएको सम्मेलनमा ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी भएका छन् । भोलीसम्म चल्ने सम्मेलनबाट चयन हुने नयाँ नेतृत्वका लागि अध्यक्षमा वामपन्थीबाट कुमार पन्त र प्रजातान्त्रिक समूहबाट कुल आचार्यले प्यानल नै बनाएर निर्वाचनमा जाँदैछन् ।

Facebook Comments