तरूण दलकाे बन्दका कारण नेपालगन्जमा जनजीवन प्रभावित
नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आह्वान गरेकाे नेपालगन्ज बन्दका कारण जनजीवन प्रभावित बनेकाे छ ।
गएकाे कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको थियो। जसमा तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाह सहितका युवा रहेका थिए ।
पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन पक्राउ परेका शाह सहितका व्यक्तिलाई छुटाउन माग राखेर तरुण दलले नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको हाे।
तरुण दलले भने प्रहरीले आफ्ना कार्यकर्ता फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएकाे छ ।
प्रहरीले मस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो।
उक्त गाडी शाहकाे भएकाे प्रहरीले जनाएकाे छ ।

