पूर्व सहायकमन्त्री रूप ज्याेति रिहा, लेनदेनमा सहमति नभएकाे जिकीर
प्रहरीले व्यवसायी रूप ज्योतिलाई हिरासतबाट मुक्त गरेकाे छ ।
ठगीकाे जाहेरी दिने विजेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता गरेपछि प्रहरीले रूपज्याेतिलाई रिहा गरेकाे हाे ।
यसैवीच व्यवसायी रूप ज्याेतिले मल्ल र आफूबीच कुनै पनि किसिमको सहमति नभएको बताउनुभएकाे छ ।
यसैवीच जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले रुपज्योतीलाई हाजिरी जमानतमा छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर पठाइएको जानकारी दिनुभयाे ।
सरकारी वकिलको पत्र आएसँगै रुपज्योतीलाई नियमअनुसार छाडिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभएकाे छ । ।
गत २१ कात्तिकमा विजेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र निजकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे थियाे ।
मल्लपक्षले लेनदेनमा कुरा मिलेर मुद्दा फिर्ता लिने सहमति भएको बताएपनि व्यवसायी रूप ज्याेतिले भने लेनदेनमा कुनै सहमति नभएकाे बताउनुभएकाे छ ।
२०७५ मंसिर १६ मा मल्लले रुपज्योति सहितका ११ जनाले उनको १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दर्ता गराउनुभएकाे थियाे ।

