भावनात्क एकता हुन नसकेको साझा विवेकशील साझाको निष्कर्ष

विवेकशील साझा पार्टीले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ । पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विवेकशील नेपाली दलका १६ जना अलग भएर गएकाले पनि एउटा समूह भवनात्मक रुपमा नजोडिएको र अलग दृष्टिकोण थियो भन्ने प्रष्ट भएको उल्लेख गर्नुभयो ।

पार्टीलाई भावनात्मक रुपमा एक गराउन नसक्नु सामूहिक कमजोरी भएको पनि सो पार्टीले स्वीकार गरेको छ । प्रवक्ता आचार्यले पार्टीमा देखिएको विश्वासको संकटलाई राजनीतिक रुपमा नभई संचनागत रुपमा सम्बोधन गर्न खोज्नु आफूहरुको कमजोरी भएको बताउनुभयो ।

अलग हुने भएपछि हार्दिकताका साथ छुटिन सकिने भएपनि उज्ज्वल थापा लगायतका नेताहरुले छापामार शैली अपनाएको प्रवक्ता शर्माको आरोप थियो । प्रवक्ता डा. आचार्यले जनताले आशाको रुपमा हेरेकोमा पार्टी विभाजनले त्यसमा ठेस पुगेको बताउनुभयो । तर आफूहरु लक्षमा पुग्न दृढ रहेको उहाँको भनाई थियो ।

यसैवीच बैठकले २०७६ फागुन १५ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । साथै पार्टी फुटको समीक्षात्मक रिपोर्ट बनाउने जिम्मा पार्टी संयोजक रविन्द्र मिश्रलाई दिएको छ भने माघ १२ गते राष्ट्रिय भेला बोलाइएको । साथै विवेकशील साझा पार्टीले माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने भएको छ ।

Facebook Comments