सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : नेता भट्टराई
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताउनुभउको छ । नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष सामान्य हिसावले गुज्रिएको टिप्पणी गर्नुभयो ।
एक नागरिकको आँखाबाट हेर्दा दुई तिहाईको सरकारले यसअघि बनेका सरकारका जस्तै गरी एक वर्ष गुजरेको उहाँको भनाई थियो । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले पोखरामा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री भट्टराईले सरकार सुरुदेखि नै चुकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले नयाँ कार्यक्रम र योजना ल्याउनै नसकेको जिकीर गर्नुभयो ।
सरकार सुशासनको मुद्धामा कम्जोर देखीएको, आर्थिक विकासका सुचाकाङ्क नकारात्मक तर्फ गएकाले पनि मुलुकको अवस्था सन्तोषजनक नरहेको नेता भट्टराईको भनाई छ । सरकारले उल्लेखनीय केही काम गर्न सकेको छैन, नागरिक पनि असन्तुष्ट छन्, नेता भट्टराईले भन्नुभयो, यो सरकारले राष्ट्रिय गौरवका आयोजनालाई पनि सही ढंगले अगाडि बढाउन सकेको छैन ।
असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने नारा सहित नयाँ शत्ति नेपालले थालेको मध्य पहाडी लोकमार्ग वरपर देशव्यापी यात्राको क्रममा भट्टराई पोखरामा रहनुभएको छ । उहाँले मध्यपहाडी लोकमार्गका तीब्र गतिमा निर्माण हुन नसकेको बताउनुभयो । ५ भागमा विभाजन गरेर काम भए पनि राष्ट्रिय गौरबको आयोजनालाई जसरी अगाडी बढाउनुपर्ने थियो त्यो हुन नसकेको नेता भट्टराईको टिप्पणी रहेको छ ।

