अन्तर लायन्स एट ए साइड फुटबल प्रतियोगिता जारी

पोखरामा अन्तर लायन्स एट ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा शुरु भएको प्रतियोगितामा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि १ नेपाल अन्तर्गतका १६ टिम सहभागी रहेका छन् ।

विहीबार सम्पन्न खेलमा लायन्स क्लब अफ पोखरा सुन्दर नगरीलाई २–० गोल अन्तरले पराजित गरी गोल्डेनचौतारी विजयी भयो । लायन्स पोखरा माछापुच्छ«े र हेल्पफुल हेण्डबीचको खेलमा हेल्पफुल ३–०, हेम्जा र आदर्श स्माइलबीचको खेलमा हेम्जा २–०, लायन्स स्याङजा र गोल्डेन सिटीबिचको खेलमा गोल्डेन सिटी ७–१ तथा लायन्स स्टक र आयोजक डाउनडाटन बीचको खेलमा टाइब्रेकरमा डाउनटाउन ४–३ विजयी भएको छ ।

स्वस्थ शरीर भएमात्र सामाजिक कार्य सम्भव : गभर्नर श्रेष्ठ

यसअघि प्रतियोगिताको डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले स्वस्थ शरीर नभएसम्म सामाजिक कार्य गर्न नसकिने भएकाले मानव जीवनमा खेलकूदको विशेष महत्व रहेको बताउनुभयो ।

क्लबका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर धु्रव थापा, क्लबका निवर्तमान अध्यक्ष हरि पराजुली, जोन चियस पर्सन रहमोहन सुवेदी तथा रिजन चियर पर्सन प्रमोद लामिछाने लगायतले प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो ।

लायन्स क्लबका सदस्यहरुबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले भनाई थियो । प्रतियोगिताको बिजेता टिमले रु ५५ हजार ५५५, शिल्ड तथा प्रमाणपत्र र उपविजेताले रु ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले जानकारी दिनुभयो ।

सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न रु ६ लाख २८ हजार ८८८ खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले जानकारी दिनुभयो । प्रतियोगिता ४ गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments