राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने

राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते उत्तरी छिमेकी चीन भ्रमणमा जानुहुने भएको छ । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लाग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी गरिरहेका बताइएको छ । बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ । चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ ।

सियानमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्नुहुनेछ । सियान चिनियाँ राष्ट्रपति सी चिनफिङको जन्मस्थल पनि हो । सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जानुहुनेछ । भण्डारी बेइजिङमा बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

Facebook Comments