बालुवाटार अगाडि सडकमा विवेकशील साझा पार्टीकाे प्रदर्शन


विवेकशील साझा पार्टीले भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरेको छ । सो पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको हो । ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै सोको विरोधमा प्रदर्शन गरेको विवेकशीलले जनाएको छ ।

बालुवाटारभित्रको सरकारी जग्गा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीन लगायत विभिन्न व्यक्तिका नाममा आएको देखिएको थियो । पार्टीको अभियान विभागले भ्रष्टाचारको विरोधमा देशव्यापी दबाब सिर्जना गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरिएको विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments