रेडियाे नेपालमा पत्रकार पुनर्बहालीकाे माग गर्दा पत्रकार पक्राउ

 रेडियो नेपालबाट निष्कासित पत्रकार पुनर्बहालीको माग गर्ने पत्रकार महासंघका केन्द्रय नेता लगायतका पत्रकारलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यद्वय जन्मदेव जैशी, िमन बम, प्रेस युनियनका अजयबाबु शिवाकाेटी लगायतलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

केन्द्रीय सचिव दाहाल सहितकाे टाेली पत्रकार पुनर्बहालीकाे मागबारे वार्ता गर्न गएकाे बताइएकाे छ ।

सोमबार दिउँसो वार्तापछि आफूहरूलाई प्रहरीले रेडियाे नेपालकाे गेटबाट नै पक्राउ गरेकाे पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।

पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरू यम विरही, जन्मदेव जैसी, मिन बम, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, योगेन्द्र बलायर, दिलीप पौडेल, निष्कासित पत्रकारहरू चक्र कुवँर र प्रकाश बम रहेका छन् ।

रेडियो नेपाल दिपायबाट निकालिएका पत्रकार चक्र कुँवर, प्रकाश बम र सुनिता रावललाई पुनर्बहालीको मागसहित उनीहरू रेडियो नेपाल व्यवस्थापनसँग वार्ता गर्न गएकाे बताइएकाे छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग भएको वार्तामा कुरा नमिलेपछि वार्ता टोलीमा रहेकाहरू बाहिरिएका थिए।

वार्ता टोलीसहित करिब ४० को संख्यामा रहेका पत्रकारहरूले रेडियो नेपालको गेटमा ताला लगाउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेकाे हाे ।

Facebook Comments