आधुनिक प्रविधि मार्फत् देशमा समृद्धि उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले आधुनिक प्रविधि मार्फत् देशलाई विकास र समृद्धिमा लैजानुपर्ने बताउनुभएको छ । औद्योगीकरण र मेसिनीकरणतर्फ लागेमा देश विकास हुने उहाँको भनाई छ । पोखराको अमरसिंहचोकमा खुलेको होटल टास्क इन्टरनेसनलको उद्घाटनका अवसरमा बोल्दै उहाँले विकास र समृद्धिको आधार औद्योगीकरण र मेसिनीकरण भएको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले नेपालको समृद्धिको आधार पर्यटन, कृषि, उर्जा र जडिबुटी भएको उल्लेख गर्नुभयो । समग्र देश र गण्डकी प्रदेशको सन्दर्भमा पर्यटन विकासको प्रमुख आधार बन्ने उहाँको भनाई थियो । होटल व्यवसायीहरुले पर्यटकलाई सन्तुष्टी दिलाउनुपर्ने र दोहोर्याएर आउने वातावरण बनाउनुपर्ने उहाँकोभ नाई छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पाहुनालाई अतिथि देवो भवः भन्दै सेवा दिनुपर्ने बताउनुभयो । पर्यटकका लागि स्तरीय होटल तथा रेष्टुरेण्ट आवश्यक हुने र बन्ने क्रम जारी रहेको उहाँले उल्लेख गर्नुभयो ।

Facebook Comments