समूह विजेता बन्दै नेपाल टी ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै महिला टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ए टिमलाई ९ विकेटले हराउँदै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

बैंककमा थाइल्याण्ड ए ले दिएको २० रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गरेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ए १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रन बनाएको थियो ।

समूह ए मा रहेको नेपालले ४ खेलबाट ८ अंक जोड्यो । यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह बी को उपविजेता इन्डोनेसियासंग खेल्नेछ ।

Facebook Comments