मिस नेपाल प्रतियोगिताले प्रतिभा र क्षमता बढाउँछ : श्रृखला खतिवडा
मिस नेपाल २०१८ श्रृखला खतिवडाले मिस नेपालमा युवतीलाई सहभागी हुन आह्वान गर्नुभएको छ । मिस नेपाल युवतीहरुका प्रतिभा र क्षमता बढाउने अवसर भएको खतिवडाको भनाई रहेको छ ।
मिस नेपाल २०१९ का लागि पोखरा अडिसनका लागि पोखरा रहनुभएकी खतिवडाले हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थी सहि सबैलाई भाग लिन आग्रह गर्नुभयो । पोखरा अडिसनमा छुटेका सबैलाई काठमाण्डौमा हुने अडिसनमा भाग लिनसक्ने उहाँको भनाई थियो ।
मिस नेपालमा भाग लिन उचाई ५ दशमलव ४ इन्च, कक्षा १२ पास र १९ देखी २५ वर्ष उमेर समुहको हुनु पर्दछ । बैशाखमा आयोजना हुने २५ औं मिस नेपालको आयोजना हिडन ट्रेजरले गर्ने छ ।
कार्यक्रममा हिडन ट्रेजरका दिवाकरराज राजकर्णिकारले मिस नेपालका उत्कृष्टहरुले अन्तर्राष्ट्रिय पाँचवटा प्रतिष्पर्धामा भाग लिन पाउने जानकारी दिनुभयो । मिस अर्थ २०१७ रोजिना श्रेष्ठले उचाई, पढाइ, उमेर समुह र इच्छा हुनेहरुले प्रतियोगितामा भाग लिनुपर्ने बताउनुभयो ।

