पत्रकार गिरीको रिहाईको माग गर्दै कास्कीका पत्रकार आन्दोलित
पत्रकार अर्जुन गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएकाले रिहाइका लागि पत्रकार महासंघ गण्डकी प्रदेश आन्दोलित भएको छ ।
सोमबार पत्रकार महासंघको रोहवरमा मंगलबार अदालती प्रक्रियाका लागि हाजिर हुने गरी रिहा गरिएको थियो ।

कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकारहरुले धर्ना दिएका छन् । गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले प्रदेशका सबै शाखाहरुलाई धर्ना लगायतका आन्दोलनका कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
Facebook Comments

