पत्रकार गिरीलाइ ३ दिन म्याद थप
ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन सेन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो । गिरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएकाे छ । श्राेतका अनुसार गिरीलाइ हिरासतमा नै राखेर छानविन गर्ने प्रहरीकाे तयारी छ । तर गिरी बिरामी रहेकाले उपचारका लागि अस्पताल लैजाने तयारी समेत भइरहेकाे बताइएकाे छ ।
गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो। साइबर क्राइम अन्तर्गत मुद्दामा अदालतले साेमबारबाटै लागू हुने गरी म्याद थप गरेकाे हेा ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो। तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता रहेकाे छ। प्रेस काउन्सिलकाे अभिलेख त्रुटीका कारण गिरीलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।
विपेन्द्रराज बतासले पोखराका व्यवसायी जनकराज पहारीलाई २ करोड २५ लाख र मनोज श्रेष्ठलाई २ करोड ९८ लाख नतिरेको विषयमा ठगी शीर्षकमा गिरीले समाचार लेख्नुभएकाे थियाे । साेही विषयमा बतासले केन्द्रीय अनुसन्धान ब्यूराेमा उजुरी दिएका कारण गिरीलाइ पक्राउ गरिएकाे कास्की प्रहरीले जनाएकाे छ ।

