स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिदैं

सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक खटाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका प्रमुख प्रकाश दाहालले यस्तो जानकारी दिनुभएको हो ।

१० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय तहमा नायवसुब्बा सरह र १० हजारभन्दा बढी जनसङ्ख्या भएका स्थानीय तहमा शाखा अधिकृतस्तरको योग्यता चाहिने मन्त्रालयका प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका प्रमुख प्रकाश दाहालले बताउनुभयो । यसका लागि अनलाइन आवेदन शुत्रबारबाट खोलिदैंछ । रोजगार संयोजकले स्थानीय तह मातहतमै बसेर रोजगारसम्बन्धी सेवा दिनेछन् ।

रोजगार संयोजकका काम

१. छनौट भएका रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्नुपर्छ  

२. सूचीकृत बेरोजगार व्याक्तिलाई परिचयपत्र वितरण गर्ने 

३. स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरूको पहिचान् गरी सोको सूचना प्रवाह गर्ने 

४. स्थानीय टहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने 

५. रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने 

६. रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने 

७. बेरोजगारहरूको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने 

८. आफ्ना कामकारवाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा प्रतिवेदन पेश गर्ने 

९. ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारवाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धि विषय हेर्ने मन्त्रालया मासिक रूपमा प्रतिवेदन पठाउने 

१०. आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने 

११. वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता विवरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने 

१२. बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने 

१३. रोजगारसम्बन्धि सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने

Facebook Comments