विकासको पहिलो आधार शिक्षाः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विकासका लागि शिक्षा नै पहिलो आधार भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रिय विभाग त्रि.वि. कीर्तिपूर र नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभागबीच नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ अन्तरगत बिहिबार पोखरामा भएको विश्वविद्यालय स्तरीय वातावरण संरक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री लम्सालले शिक्षा विना विकास सम्भव नहुने उल्लेख गर्नुभयो । वातावरण संरक्षण सम्बन्धि कार्यक्रम विद्यार्थीबाट सुरु गर्नुपर्नेमा लम्सालको जोड थियो ।

कार्यक्रममा वातावरण विज्ञान केनिद्रय विभागका प्राध्यापक डा. केदार रिजाल, वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी र डा. इन्दिरा पराजुलीले मानविय कारणले वातावरणमा पारेको असर र प्रदुषित वातावरणले स्वास्थ्यमा पारेको प्रतिकुलताको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर बुढा, वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी लगायतले वातावरण संरक्षणको विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

पृथ्वीनारायण क्याम्पसका प्रमुख चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक क्यामपस प्रमुख नन्दलाल अधिकारीले र धन्यवाद ज्ञापन उपप्राध्यापक कल्याण पन्तले गरेका गर्नुभएको थियो ।

Facebook Comments