पत्रकार गिरीलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना
पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै पत्रकार महासंङ्घ कास्की आन्दोलित बनेकाे छ । महासंङ्घकाे अगुवाइमा कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । गिरीलाइ साईवर क्राईम मुद्धामा पक्राउ गरी कारबाही पक्रिया अगाडि बढाएकाे भन्दै पाेखरा लगायतका देशभरका पत्रकारहरू आन्दोलित बनेका छन्र । पक्राउ परेका पत्रकारलाइ विनाशर्त रिहा गर्न माग गर्दै पोखराका पत्रकारहरुले धर्ना दिएका हुन् ।
पत्रकार महासंघ कास्कीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक एक घण्टा धर्ना दिए । धर्ना पछिको कोषसभामा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले गिरीलाई विना शर्त रिहाइ गर्न, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नमा माग गरेका थिए ।

सोमबार साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो । ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचारपछि बतासकै जाहेरीपछि गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो ।
गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो । तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ ।

