संघीय संसद भवनको शिलान्यास, ३ बर्षमा बन्ने

प्नधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गर्नुभएकाे छ ।

सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा बन्न लागेकाे भवनकाे बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएकाे हाे ।

सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा १ सय ७३ रोपनी क्षेत्रमा पाँच अर्ब ३० करोड खर्चिएर अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो।

१ सय ७३ रोपनी क्षेत्रफल मध्ये ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभाकाे भवन रहनेछ ।

भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनी ‘एसएचइसी र टुण्डी’ ज्वाइन्ट भेन्चर कम्पनीले पाएको छ ।

दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, संसदमा प्रतिनिधित्व गर्ने दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ।

हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडा तिरेर संसद सञ्चालन हुँदै आएको छ।

भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो।

Facebook Comments