भ्रष्टाचार विराेधी अभियान यसरी चलाउँछाै, संसदमा छलफल गर्नै पर्दैनः प्र.म.ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियतापूर्वक लागेकाे बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे “हामी भ्रष्टाचार विरोधी अभियान यसरी चलाउँछौं कि यो संसदमा त्यस बिषयमा बहस नै गर्नु नपरोस ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास कार्यक्रममा यस्ताे बताउनुभएकाे हाे ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद बस्ने ठाउँ नभएकोे स्थिती अब अन्त्य हुने बताउनुभयाे । समयमै निर्माण कार्य सक्न उहाँकाे निर्माण कम्पनीलाइ अनुराेध समेत गर्नुभयाे ।
साथै प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढीसकेको बताउनुभयाे । उहाँले कामका परिणाम देखिन थालेकाे बताउनुभयाे । अमलेखगञ्ज मोतीहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी चैतभित्र रानी पोखरी निर्माण भइसक्छ । अरु यस्ता थुप्रै ठुला आयोजनाहरु अब निर्माण सम्पन्न भइसक्नेछन् ।”
प्रधानमन्त्री ओलीले लोकतन्त्र माथी कतैबट खतरा आए सरकार चुप लागेर नबस्ने प्रधानमन्त्रीकाे भनाइ रहेकाे छ । संविधान अनुसार जनताको बलिदानी खेर जान नदिन हामी सजग छौं, प्रधानमन्त्रीकाे भनाइ थियाे ।

