त्रिशूली थ्री ए जलविद्युत परियोजनाकाे प्रधानमन्त्रीबाट उद्घाटन

६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजना निर्माण सम्पन्न भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट डिजिटल प्रविधि प्रयोग गरेर बिहान ११ बजे नुवाकाेटकाे किस्पाङ गाउँपालिकामा रहेकाे साे परियाेजनाकाे उद्घाटन गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा रहेकाे वार रूमबाट नै परियाेजनाकाे उद्घाटन गर्नुका साथै परियाेजनाबारे जानकारी समेत लिनुभएकाे थियाे ।

परियोजना उद्घाटन समारोहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन भने नुवाकोटको किसपाङ गाउँपालिका पुग्नुभएकाे छ ।

परियोजनाबाट आठ महिनाअघि नै विद्युत उत्पादन हुँदै आएकाे छ ।

प्राधिकरणमा कुलमान घिसिङ प्रमुख कार्यकारी भएपछि पहिलाेपटक ठूलाे आयाेजना सम्पन्न भएकाे हाे ।

Facebook Comments