पोखरेली गायिकाहरुको संस्था हार्मोनीको अध्यक्षमा इतु जोजिजु
पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ । पोखरामा सम्पन्न पहिलो साधारण सभाले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापालाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा रजनी राई, अजुदा थापा, प्राप्ती तुलाचन, इनिशा दुरा, सविना सुनाम, सानु जोजिजू, एलिना गुरुङ, मनिषा राना, स्नेहा गुरुङ, देवी गुरुङ र रुपा थापा चयन भएका छन् ।
यसका साथै मेनकाजी गुरुङ, मनकुमार श्रेष्ठ, रामभक्त जोजजू, प्रेमबहादुर थापा, हुकुमराज थापा, सरस्वती प्रतीक्षा, अनुराग अधिकारी, विमला भण्डारी, सरस्वती गुरुङ, देव क्षेत्री, कञ्चन थापा, तीर्थ श्रेष्ठ, सविता शेरचन, शेरबहादुर गुरुङ, लीला शेरचन, विनोद भुजेल र रुद्रकुमारी गुरुङ (मैना)लाई सल्लाहकार चयन गरिएको छ ।
यसै बीच, आगामी असारमा संस्थाले तारादेवी–अरुणा लामा साँझ कार्यक्रम गर्ने निर्णयसमेत भएको अध्यक्ष इतु जोजिजूले जानकारी दिनुभयो ।

