रेवानले पाेखरामा होली महोत्सव २०७५ गर्ने
रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले रंगै रंगको पर्व होलीका अवसरमा होली महोत्सव २०७५ आयोजना गर्ने भएको छ । २०७५ चैत्र ६ गते होली पुर्णिमाको अवसरमा होली महोत्सव २०७५ आयोजना गर्न गैरहेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
होली पर्व मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको रंग लगाई मित्रता साटासाट गर्ने पर्व भएकाले पनि महोत्सवका रुपमा आयोजना गर्न लागिएको रेवानले जनाएको छ ।
रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १३ वर्ष देखी पोखरामा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव गर्दै आएको जनाएको छ ।
सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउँनुका साथै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले अम्मट देखी खहरेचोक लेकसाइड सम्म विहान ११ वजे वाट रंगैरंगको पर्व होली महोत्सव २०७५ विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित भव्य रुपमा मनाउने रेवानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

