सवैको आकर्षण अब सरकारी विद्यालय हुन्छ : नेता करण


नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पुर्व सभासद राजकाजी गुरुङ करणले अब सरकारी विद्यालय सवैको आकर्षण हुने बताउनु भएको छ । सरकारी विद्यालयमा शिक्षाको गुणस्तरीयता सुधार गर्ने वित्तिकै कुनैपनि अभिभावकले महङो शुल्क तिरेर बोडिङ स्कुल नपढाउने बताउनु भयो । सरकार अहिले नीजि विद्यालयलाई गालीगर्न भन्दापनि सरकारी विद्यालयको शिक्षा सुधारमा लागेको बताउनु भयो ।

अनलाइन सपिङ सेवा सुरु गरेको फेवाबजार डटकमले पोखरा १६मा रहेको हरिसिद्धि आधारभुत विद्यालयमा सोमबार शैक्षिक सामाग्री वितरण गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गुरुङले सो कुरा बताउनु भएको हो ।

फरक प्रंसगमा गुरुङले ब्यावसायीहरुले ब्यावसायबाट गरेको आम् दानी सामाजिक कार्यमा खर्च गर्नु उदारणीय भएको बताउनु भयो । उहाँले अहिले पछिल्लो समय अनलाइन मार्केटिकको सम्भावना बढेर गएको भन्दै नुन देखि सुन सम्म घरमै बसीबसी पाइने जमना आएको बताउनु भयो ।

पोखरा वडानं १६ वडाध्यक्ष जीवन प्रसाद आर्चायले सरकारी विद्यालयमा विद्यार्थीसंख्या न्युन भए गुणस्तरीस्य शिक्षाले आर्कषण गर्न सकिने भन्दै हरिसिद्धि आधारभुत विद्यालय मर्ज नहुने जिकिर गर्नुभयो ।

विद्यालयमा रहेका ३० जना विद्यार्थीहरुलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पुर्व सभासद राजकाजी गुरुङ करण , वडानं १६का जीवन प्रसाद आचार्य , फेवाबजार डटकमका प्रमुख सुजन आचार्यले ,गोइन्का इलेक्ट्रोनिक्सक सिनियर सेल्स म्यानेजर सुरेश पोखरेल ,विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वासुदेव तिमिल्सना , अखिलक्रान्तीकारीका नेता विपिन आचार्य लगायतले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।

Facebook Comments