संसदीय सुनुवाइ समितिद्वारा प्रमुख निर्वाचन आयुक्तमा थपलियाकाे नाम सर्वसम्मत अनुमोदन
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ । बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा भएको सुनुवाईपछि थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत रुपमा अनुमोदन गरिएको हो ।
थपलियासँगै समावेशी आयोगकी सदस्य विष्णुमाया ओझालाई पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ । नाम अनुमोदन भएपछि अव राष्ट्रपतिले थपलियालाई नियुक्ति गर्ने प्रावधान रहेको छ ।
सुनुवाईको क्रममा सांसदहरुले थपलियामाथि अमुक पार्टीको सदस्य रहेको भनेर जिज्ञासा राखेका थिए । जवाफमा थपलियाले आफूले अहिलेसम्म कुनै राजनीतिक पार्टीको सदस्यता नलिएको बताउनुभएको थियो ।
सुनुवाईको क्रममा सांसदहरुवीच नै सवाल जवाफ समेत भएको थियो । यसअघि पनि राजनीतिक नियुक्ति हुने गरेको भन्दै सांसदहरुले सवाल जवाफ गरेका हुन् ।
Facebook Comments

