कृषि उत्पादन बढाउन सिंचाईको भुमिका महत्वपुर्ण

कृषि उत्पादन बढाउन सिंचाईको भुमिका महत्वपुर्ण हुने पोखरामा भएको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । राट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालले आयोजना गरेको नेतृत्व विकास,कार्यालय सञ्चालन तथा वित्तिय ब्यवस्थापन तालिममा बोल्नेहरुले सो कुरा बताएका हुन् ।

गण्डकी प्रदेशका सांसद कृष्ण थापाले कृषिको लागि सिंचाई महत्वपुर्ण हुने बताउनु भयो । उहाँले नेपाल जलस्रोतको अथाह सम्भावना भएको देश रहेपनि जलबाट लाभ उठाउन भने उचित मात्रामा नसकेको बताउनु भयो । राट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष पदम प्रसाद अर्यालले आर्थिक समृद्धिको लागि उत्पादन बृद्धि गर्नुपर्ने त्यसको लागि सिंचाईको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

गण्डकी प्रदेशका भौतिक विकास पुर्वाधार मन्त्रालयका जल तथा उर्जा महाशाखाका प्रमुख हरिदत्त पौडेलले सकारले कृषि र सिचाईमा लगानी गरेको बताउनु भयो । उहाँले ४० अर्वको चामल बार्षिक रुपमा अझैपनि आयत गर्नुपरेको भन्दै आयत घटाउनु पर्नेमा जोड दिनु भयो ।

पोखरा महानगरपालिका वडानं १९का अध्यक्ष शोभामोहन पौडेलले महानगरले ऐन नियम बनाउदा आगामीदिनमा सिचाईलाईपनि प्राथामिकता दिने बताउनु भयो ।तालिममा स्याङजा,तनहुँ, रुकुम, लम्जुङ र पर्वतबाट गरि २५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषि सम्बन्धी कृषि विज्ञ मनहर कडरिया, सहकारी सम्बन्धी पुन्य प्रसाद पौडेल सिचाई र नहरको मर्मत सम्बन्धी हरिदत्त पौडेल ,सिचाई सेवा सुल्कबारे राट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष पदम अर्याल, लेखा ब्यबस्थापन प्रकाश कर्ण, संचार सम्बन्धी कोषाध्यक्ष कल्पना राजथलाले प्रशिक्षण दिनुभएको उपाध्यक्ष गंगा बहादुर केसीले जानकारी दिनुभयो ।

केसीले सिंचाई उपभोक्ताको क्षमता अभिबृद्धि गराउने मुख्य उद्देश्य रहेको बताउनु भयो ।बैशाख ३ गते बाट शुरु भएको तालिमको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको प्रमुख आतिथ्ययतामा भएको थियो भने समापन गण्डकी प्रदेशका सांसद कृष्ण थापाको आतिथ्यतामा भएको थियो ।तालिममा महासंघका महासचिव सम्भुप्रसाद दुलालले पनि सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments