समयमै बजेट खर्च गर्न नसक्ने भए जानकारी दिन अर्थमन्त्रालयको आग्रह

अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ । मन्त्रालयले आज सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत आग्रह गरेको हो ।

पछिल्ला वर्षमा बजेटको आकार बढ्दै गएको भएपनि खर्चको अवस्था सन्तोषकजनक नभएकाले अर्थमन्त्रालयले समीक्षालाई व्यापकता दिएको मन्त्रालयले जनाएको छ । समयमै उचित तरिकाले बजेट खर्च गर्नका लागि मन्त्रालयका तर्फबाट आग्रह गरिएको मन्त्रालयका प्रवक्ता एवं सूचना अधिकारी उत्तर कुमार खत्रीले जानकारी दिनुभयो ।

Facebook Comments