धनगढी बम विस्फाेटमा मृत्यु हुने विप्लव नेतृत्व नेकपाकाे कार्यकर्ता भएकाे पुष्टी
धनगढीको शहीद गेट नजिकै भएको विष्फाेटमा मृत्यु भएका रामबहादुर सिंह प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे कार्यकर्ता भएकाे खुलेकाे छ ।
साे पार्टीका सेती महाकाली ब्यूराे इञ्चार्जले विज्ञप्ति निकालेर घटनामा कार्यकर्ताकाे मृत्यु भएकाे भन्दै सहिद घाेषणा गरिएकाे छ ।
शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्तिमा पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको उल्लेख छ ।
उक्त घटनामा घाइते सिंहकाे उपचारकाे क्रममा निधन भएकाे थियाे । अन्य घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले यसअघि नै घटनामा विप्लव समूहकाे संलग्नता रहेकाे शंका गरेकाे थियाे ।
Facebook Comments

