कर्मचारी प्रशासनलाइ जनमुखी बनाइने
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन लागिपरेकाे बताउनुभएकाे छ ।
सरकारी कार्यलयका सेवा प्रवाहलाइ प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको मन्त्री पण्डितकाे भनाइ छ ।
मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न सांसदहरुलाई अनुराेध समेत गर्नुभएकाे छ ।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कार्वाही गर्ने चेतावनी दिनु भयो । उहाँले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको पनि स्मरण गराउनु भयो ।

