माैसमः पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसरा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केेही उत्तरतर्फ रहेको छ।
हाल कोशी प्रदेशको तराईमा आंशिक बादल लागेको छ, अन्य सबै भू-भागमा साधारणतया बादल लागेको छ। हाल लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएकाे छ ।
विहीबार देशभर साधारणतया बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
विहीबार राती देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

