बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध, एकतर्फी यातायात सञ्चालन

बाढी र पहिरोका कारण गोरखा र सुर्खेतका दुई स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखामा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने सुर्खेतमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–३ र ५ तथा धार्चे गाउँपालिका–९ नजिक नयाँपुल असाेज २५ गतेकाे बाढीले बगाएका कारण सोतीखोला–मान्बु जाने पुलमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–९ औलिसे क्षेत्रमा पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ। उक्त स्थानमा २०८३ कात्तिक १ गतेदेखि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments