पोखरालाई हराउँदै सुदूरपश्चिमको पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गरेको छ। १४६ रनकाे लक्ष्य पाएकाे सुदुरपश्चिमले ४ विकेटकाे क्षतिमा निर्धारित लक्ष्य पुरा गरेकाे हाे ।

बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।

पोखराका अर्जुन घर्तीले अविजित ४०, मेहेदी हसनले ३२ र कप्तान कुशल मल्लले २१ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेन र हेमन्त धामीले समान एक विकेट लिए।

पहिलो खेलमा लुम्बिनीसँग १९ रनले पराजित सुदूरपश्चिमले दोस्रो खेलमा जित निकालेको हो। पोखराको भने यो पहिलो खेल थियो।

Facebook Comments