पैसा जोगाउने केही तरिका

मानिसहरूलाइ पैसा खाँचाे पर्छ । दैनिक घर व्यवहारदेखि शिक्षा स्वास्थ्य लगायतका कार्यमा पैसाकाे चाहिन्छ । घरपरिवार, छिमेक, दम्पतीवीच पैसाकाे कारण विवाद पनि सिर्जना हुन सक्छ र अविश्वास पैदा हुन्छ । यहाँ पैसा जाेगाउने केही उपाय उल्लेख छ ।

  • उपहार योजनाबाट नलोभिनुस्। आफूलाई चाहिएको कुरा मात्र किन्नुस्। र आवश्यक परेको बेला मात्र किन्नुस्। एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ।
  • प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस्।
  • खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस्।
  • सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्: कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ।
  • प्रयोग भइसकेका सामान किन्नुस्: यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।
  • अनावश्यक कुरा बेच्नुस।
  • ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्।

यो सामग्री बीबीसीबाट साभार गरिएकाे हाे ।

Facebook Comments