सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा पनेरु महासचिवमा थापा

पोखरा पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन हुनुभएकाे छ ।

समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा बालकृष्ण भण्डारी, द्वितिय उपाध्यक्षमा नारायण दवाडी, महासचिवमा तुलबहादुर थापा, सचिवमा विरेन्द्र कुँवर, कोषाध्यक्षमा मुक्तिराम दाहाल तथा सह–कोषाध्यक्षमा कृष्ण पौडेल चयन भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

त्यसैगरि सदस्यहरुमा लोकनाथ आचार्य, छविलाल गौतम, विशाल अधिकारी, माधव बराल, नवराज आचार्य र गोविन्द पंगेनी चयन हुनुभएकाे छ ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष आनन्दराज मुल्मिले अधिवेशनको उद्घाटन गर्दै अवको व्यवसाय पुरानै ढंगबाट सञ्चालित हुन नसक्ने बताउनुभयाे ।

परिवर्तितन परिवेशसंगै व्यवसायमा पनि आधुनिकता ल्याउनुपर्नेमा उहाँकाे जाेड थियाे । कार्यक्रममा बोल्दै नेवि संघका केन्द्रिय सदस्य समेत रहेका सर्वेश्वर टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण पराजुलीले घरधनी र व्यवसायिविच नङ मासुको सम्बन्ध हुनुपर्ने औल्याउनुभयाे ।

उद्घाटन समारोहका सभाध्यक्ष सन्तोष पौडेलले व्यवसायि र घरभेटीविच कम्तिमा १५ वर्षको सम्झौता गर्नुपर्नेमा जोड दिनुभयाे ।

घरभेटीले मर्डर र एडभान्स मनि लिन नपाउनेमा जोड दिंदै कारणवस व्यवसायिले छोडन पर्दा लगानी सुरक्षित हुने वातावरण श्रृजना हुनुपर्ने बताउनुभयाे । समितिका महासचिव तुलबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

Facebook Comments