प्रहरीलाई पार्टी कार्यकर्ताका रुपमा परिचालन गर्न खोज्योः काँग्रेस सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीलाई पार्टी कार्यकर्ताका रुपमा परिचालन गर्न खोजेको बताउनुभएको छ ।

नागरिकले तिरेको करबाट सेवा सुविधा लिने प्रहरी कर्मचारीलाई कुनै पार्टीको कार्यकर्ताको रुपमा परिचालन गर्न नमिल्ने तर सत्तारुढ दलले त्यस्तो गर्न खोजेको देउवाको आरोप रहेको थियो ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले सरकारले जनतालाई राहतभन्दा पनि आहात बनाउने काम गरेको बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न शीर्षकमा कर उठाएर उद्योगी व्यापारी र आम नागरिकलाई आहात दिने काम गरेको उल्लेख गर्नुभयो ।

नागरिक पंक्तिमा व्यापक असन्तुष्टी रहेको देउवाले जिकीर गर्नुभयो । उहाँले सरकारका तर्फबाट झनै असन्तुष्टी र आक्रोश बढाउने काम गरेको बताउनुभयो ।

नागरिकका असन्तुष्टी बढ्नुमा राम्रा काम गरेर जनताको मन जितेमा स्वतः असन्तुष्टी कम भएर जाने देउवाको भनाई रहेको छ ।

नागरिकका असन्तुष्टीलाई सम्बोधन गर्ने तर्फ संवेदनशील नभएमा काँग्रेसले नागरिकका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको देउवाको जिकीर रहेको छ । उहाँले जनताकाे पक्षमा कुनै काम गर्न नसकेकाे बताउनुभयाे । बाढीपहिराे, डुवानका सम्बन्धमा कुनै काम नगरेकाे उहाँकाे भनाइ छ ।

Facebook Comments