मन्त्रीपरिषद पुनर्गठन प्रधानमन्त्रीकाे क्षेत्राधिकारः प्रचण्डकाे निजी सचिवालय
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)काे निजी सचिवालयले मन्त्रिपरिषद पुनर्गठनको अधिकार प्रधानमन्त्रीमा निहीत रहेकाे उल्लेख गरेकाे छ ।
मन्त्रीपरिषद पुनर्गठनका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी रहेको समाचार अाएपछि सचिवालयले त्यसकाे खण्डन गरेकाे हाे ।
प्रचण्डको सचिवालयले मन्त्रीपरिषद पुनर्गठन प्रधानमन्त्रीकाे क्षेत्राधिकारभित्र रहेकाे भन्दै त्यससम्बन्धि समाचारप्रति आपत्ति प्रकट गरेको छ ।
प्रचण्डको निजी सचिवालयले मंगलबार विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीकाे क्षेत्राधिकार भएको जनाएकाे छ ।
प्रधानमन्त्रीसँगकाे भेटमा प्रचण्डले लगातार मन्त्रीपरिषद पुनर्गठन सहज तरिकाले गर्न सुझाव दिएकाे पनि सचिवालयले जनाएकाे छ ।
यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने बताइएको छ ।
यसअघि पनि पटक पटक मन्त्रीपरिषद पुनर्गठनकाे चर्चा चल्ने गरेकाे थियाे ।

