फेक न्यूज आउने गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकारकाे गुनासाे

 प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लाे समय प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे फेक न्यूज आउने गरेकाे बताउनुभएकाे छ ।

प्रेस संगठन र सम्वद्ध बिटमा काम गर्ने पत्रकारहरूसँगकाे भेटघाटमा सल्लाहकार थापाले पछिल्लाे समय पत्रकारले नै डाक्टर र प्रधानमन्त्रीकाे काम गरिरहेकाे भन्दै व्यंग्य समेत गर्नुभयाे ।

प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था र मन्त्रीपरिषद पुनर्गठनबारे प्रेस सल्लाहकार थापाकाे गुनासाे थियाे ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा अनौपचारिक कार्यक्रमबीच थापाले औपचारिक रुपमा प्रेस सल्लाहकारको जिम्मेवारी शुरू गर्नुभएकाे छ ।

थापालाई मन्त्रिपरिषदको शुक्रवारको बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेको थियो ।

प्रेस सल्लाहकारको जिम्मेवारीको सीमाभित्र रहेर आफूले मिडियामा सही र तथ्यपरक सूचना प्रवाह गर्न प्रभावकारी संयन्त्र निर्माण गर्ने उहाँकाे भनाइ छ ।

थापाले प्रधानमन्त्री कार्यलयबाट हुने कार्य सम्पादन जनताबीच सत्य तथ्य र यथार्थ जानकारी मिडियामार्फत प्रवाह गर्न आफू सबैसँग सहकार्यका लागि इच्छुक रहेको बताउनुभयाे ।

सञ्चारकर्मीलाई अनुमान, हल्ला र आरोप भन्दा पनि सत्य, तथ्यमा आधारित रहेर व्यवसायिक धर्म निर्वाह गर्न आग्रह गर्दै थापाले सही सूचना दिने थापाकाे भनाइ छ ।

थापा नेकपाकाे प्रचार तथा प्रकाशन विभागकाे उपप्रमुख समेत रहनुभएकाे छ ।

Facebook Comments