६९ औं राष्ट्रिय प्रजातन्त्र मनाईंदै
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ दिवस नेपालभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई बुलेटीन, परिसंवाद, अन्तरक्रिया आदि कार्यक्रमहरु संचालन, दिवसको मुल कार्यक्रम नेपाल टेलिभिज र रेडियो नेपालबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने लगायतका कार्यक्रम गरिएका छन् ।
दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सन्देश मार्फत् शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडी बढ्ने प्रेरणा दिन सक्ने अपेक्षा गरिएको छ ।

२००७ साल फागुन ७ गतेका दिन १०४ वर्षीय निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा यस दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
अहिलेसम्म हामीले प्राप्त गरेको सम्पूर्ण उपलब्धीहरुलाई संस्थागत गर्दै “समृद्ध नेपाल र सुखी नेपाली”को लक्ष्यमा पुग्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व रहेको पनि शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

