सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन अव जनमत पार्टी हुने (निर्णय सहित)

सिके राउत नेतृत्वको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन्न भएको राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ ।

दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति समेत निर्माण गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेने र ३४ जना सदस्य रहेका छन् ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । यसका साथै सहमति कार्यान्वयनका लागि पार्टीका तर्फबाट चन्दन सिहंकाे नेतृत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको छ ।

तस्वीर डा.सिके राउतकाे फेसबुक

Facebook Comments